पहिरोका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • २०८१ अषाढ २२, शनिबार (३ महिना अघि)
  • ८४ पटक पढिएको
पहिरोका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं– अविरल वर्षाको कारण सिन्धुली स्थित बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

Advertisement

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा लेदो सहितको पहिरो आएर बिपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले जानकारी दिए ।

गोलन्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा माथिबाट ढुङ्गा सहितको लेदो आएर मध्यपहाडी लोकमार्ग दुई तर्फ अवरुद्ध भएको छ । स्थानीय निकायसँग समन्वय गरेर जेसीबी मार्फत पहिरो हटाउने काम भइरहेको डीएसपी खड्काले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट