राप्ती नदीको बाढीमा फसेका दुई जनाको उद्दार, एकजना बेपत्ता

  • २०८१ अषाढ २२, शनिबार (३ महिना अघि)
  • १०३ पटक पढिएको
राप्ती नदीको बाढीमा फसेका दुई जनाको उद्दार, एकजना बेपत्ता

काठमाडौं– दाङको लमही नगरपालिका–७ हस्नापुरमा राप्ती नदीको बाढीमा फसेका दुई जनाको उद्दार गरिएको छ । एक जना बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

Advertisement

राजपुर गाउँपालिका–२ का किसान दुध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जनासँगै रहे पनि एक जनालाई बाढीले बगाएको हो । दुई जनाले रुखमा चढेर ज्यान जोगाएका छन् ।

सशस्त्र प्रहरी बल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले उनीहरुलाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।

राजपुर–२ का ४८ बर्षिय तुलाराम यादव र ४० बर्षिय दयाराम यादवको उद्दार गरिएको हो । अर्का १८ बर्षिय राजकुमार यादवलाई बाढीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । यादवको खोजी भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट