सिन्धुपाल्चोकमा जलविद्युतको ढलान खस्दा पुरिएका दुई जनाको शव फेला

  • २०८१ अषाढ २२, शनिबार (३ महिना अघि)
  • ९२ पटक पढिएको
सिन्धुपाल्चोकमा जलविद्युतको ढलान खस्दा पुरिएका दुई जनाको शव फेला

काठमाडौं– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोसी–१ जलविद्युत आयोजनाको ढलान खसेर पुरिएका दुई जना कामदारको शव भेटिएको छ ।

Advertisement

ज्यान गुमाउनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का रामजिन थारु र ठाकुरबाबा नगरपालिका–५ का सुमन थारु रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए ।

रामजिनको गएराति र सुमनको आज बिहान शव भेटिएको हो । हिजो ढलान खस्दा १० जना कामदार घाइते भएका थिए । तीमध्ये तीन जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

अरू सात जनाको धुलिखेलमा उपचार भइरहेको छ । ४० मेगावाटको आयोजना भोटेकोशी गाउँपालिका–३ मा निर्माणाधीन छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट