कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

  • २०८१ अषाढ २२, शनिबार (३ महिना अघि)
  • ४४ पटक पढिएको
कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

काठमाडौं– जुम्लाको पातारासीमा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

Advertisement

पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठुलो खोलामा शुक्रबार बेलुका पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।

त्यस्तै घाइते हुनेमा पातारासी गाउँपालिका–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी रहेको डिएसपी कामतीले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट