गुडिरहेको ट्रकमा पहिरोले क्षति, पृथ्वी राजमार्ग एकतर्फी सुचारु

  • २०८१ अषाढ २२, शनिबार (२ महिना अघि)
  • २१७ पटक पढिएको
गुडिरहेको ट्रकमा पहिरोले क्षति, पृथ्वी राजमार्ग एकतर्फी सुचारु

काठमाडौं- अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका-३ फिस्लिङ-मौवाखोलाबिच सडक खण्डमा झरेको पहिरोका कारण माल वाहक ट्रकमा क्षति पुगेको छ । मुग्लिनबाट काठमाडौंतर्फ आउदै गरेको प्रदेश २ को ०३००१ ख ६४७४ नम्बरको ट्रकमा क्षति पुगेको हो ।

Advertisement

गुडिरहेको ट्रुक मा पहिरो खस्दा ट्रुकको अगाडीको भागमा क्षति पुगेको पत्रकार दान बहादुर गुरुङले जानकारी दिए । खसेको पहिरो पन्छाएर अहिले सवारी आवागमन एकतर्फी सुचारु रहेको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट