तुम्सिङ तारा मगरको स्टोरी टेलिङ ‘धादिङ टु काठमाडौं’ को भिडियो सार्वजनिक (भिडियोसहित)

  • २०८१ अषाढ २२, शनिबार (२ महिना अघि)
  • ३४१ पटक पढिएको
तुम्सिङ तारा मगरको स्टोरी टेलिङ ‘धादिङ टु काठमाडौं’ को भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं- तुम्सिङ तारा मगरको स्टोरी टेलिङ ‘धादिङ टु काठमाडौँ’को भिडियो सार्वजनिक गरिको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो ।

Advertisement

ताराकै कथा लेखन, भिडियो निर्देशन र अभिनय रहेको स्टोरी टेलिङ भिडियो Mr.Tumsing युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोमा तारासँगै सपना पुन मगरले अभिनय गरेका छन् । मुना सुयाल मगर सहायक निर्देशक रहेको भिडियोको छायाङ्कन तथा सम्पादन मनोज बस्नेतले गरेका हुन् ।

नेपालमै पहिलोपटक कथालाइ दृश्यमा उतारेको यस प्रकारको भिडियो मार्फत वर्तमान अवस्थामा युवाको समस्या भोगाइ र विदेश प्रतिको मोहलाइ प्रस्तुत गरिएको छ । देशमै बस्न चाहने युवाले भोग्नु परेको समस्या, युवालाई विदेशिन बाध्य बनाएको कुरालाई कथा मार्फत देखाउन खोजिएको छ।

धादिङ सिद्धलेक गाउँपालिका वडा नं २ निवासी तुम्सिङ तारा मगर संञ्चारकर्मी पनि हुन् । रत्न राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारिता र नेपाली साहित्यमा स्नातक गरेका मगर विगत १० वर्षदेखि काठमाडौँमा रहेर पत्रकारिता गरिरहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट