रुस र अस्ट्रियाको भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

  • २०८१ अषाढ २४, सोमबार (४ महिना अघि)
  • १४५ पटक पढिएको
रुस र अस्ट्रियाको भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा निस्किएका छन् । सोमबार दिल्लीबाट उनी रुसका लागि उडेका छन् ।

Advertisement

मोदीले २२ औं भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन् । यस कार्यक्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने बताइएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्नेछन् । मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ । ४१ वर्षयताको भारतीय प्रधानमन्त्रीको यो पहिलो अस्ट्रिया भ्रमण हुनेछ ।

तेस्रो पटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट