काठमाडौं– आज सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको पाँच कारोबार दिनपछि आज नेप्से चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ अङ्कमा झरेको छ ।
यस्तै हिजो अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । आज ९५ कम्पनीको मूल्य बढ्दा एक सय ४१ को घट्यो भने १० को स्थिर रहेको छ ।
आज फाइनान्स, लघुवित्त र म्यूचुअल फण्ड बाहेक सबै समूहको सेयर घटेको छ । आज मोलुङखोला जलविद्युत् कम्पनीको सेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि समाज लघुवित्तको सेयर झन्डै १० प्रतिशतले बढेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप