धादिङमा भएको रक्तदान कार्यक्रममा एक सय ५२ जनाले गरे रक्तदान

  • २०८१ अषाढ २४, सोमबार (२ महिना अघि)
  • ५९३ पटक पढिएको
धादिङमा भएको रक्तदान कार्यक्रममा एक सय ५२ जनाले गरे रक्तदान

धादिङ- धादिङमा सोमबार एक सय ५२ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ काठमाडौ सुर्यमुखी धादिङको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३८ महिला र ११४ पुरुष गरी १५२ जना रक्तदान गरेका हुन् ।

Advertisement

गर्मी मौसममा बढ्न सक्ने संक्रामक रोगका कारण हुन सक्ने रोगका अभावलाई परिपुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्ण ढकाल(शिशिर) ले जानकारी दिए । अध्यक्ष ढकालको ४२औं जन्मोसव रहेको र  संस्थाले पनि सोमबार नै रक्तदान कार्यक्रम आयोजना गरेकोले रक्तदान कार्यक्रममा लागेको खर्च ढकाल आफैले व्यहोरेका हुन् । समाज रुपान्तरण र सामाजिक कार्य गर्न पाउदा खुषी लागेको अध्यक्ष ढकालको भनाई छ ।

नेपाल रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । ब्लडको जति आवश्यकता भइ रहेको छ । उतिकै क्षमतामा धादिङमा रक्तदान पनि भइ रहेको छ । आज भएको रक्तदान कार्यक्रम्मा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना, माओवादी केन्द्रका संयोजक मनराज भण्डारी(शैलेश), नेपाल पत्रकार महासंघका अध्यक्ष राजाराम शर्मा लगायत एक सय ५२ जनाले रक्तदान गरेको संस्थाका प्रथम उपाध्यक्ष विक्रम विकले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट