एजेन्सी– रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत हुुनुभएको हो ।
दुई दिने भ्रमणका लागि मोदी हिजो रुस पुगेका थिए । पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गरेका थिए । छलफलका क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
यस्तै दुई नेताबीच आपसी व्यापारका बिषयमा पनि छलफल भएको छ ।
भारतीय प्रधानमन्त्रीले रुस भ्रमण गर्नुलाई विश्व जगतमा चासोका साथ हेरिएको छ । रुस भ्रमण सकेर मोदी आज अष्ट्रिया प्रस्थान गर्ने कार्यक्रम छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप