पूर्वी क्षेत्रमा भारी बर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

  • २०८१ अषाढ २५, मंगलबार (४ महिना अघि)
  • १०६ पटक पढिएको
पूर्वी क्षेत्रमा भारी बर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं– कोशी प्रदेश लगायत पूर्वी नेपालका भूभागमा मनसुनको न्यून चापीय रेखा सरदर र सरदर स्थानभन्दा माथि रहेकाले कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ ।

Advertisement

पश्चिम नेपालमा भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा दिउँसोदेखि फेरि केही ठाउँमा हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले बताए ।

अहिले विशेषगरी धनुषा, सर्लाही, झापा, मोरङ, सुनसरी , सिन्धुली र मकवानपुरमा ठूलो पानी परेको छ । यस क्षेत्र भई बग्ने स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले नदी तटीय क्रियाकलापमा उच्च सावधानी अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार सिन्धुलीको कमला नदीमा जलसतह सतर्कता तह पार गरी खतरा तह आसपास र बढ्दो क्रममा रहेको छ । यस्तै धनुषा र सिराहाको तटीय क्षेत्र लगायत डुबान भइरहने होचा ठाउँमा हुनेले बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट