|file photo
काठमाडौं– पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका— ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
सडक माथिबाट पहिरो खसिरहेकाले रातभर पन्छाउन असहज भएकोमा बिहान ७ बजेदेखि दुईवटा मेसिनले आंशिक पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मीको निगरानीमा पहिरो पन्छाउने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उक्त स्थानमा पहिरोको जोखिम भने कायमै रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप