काठमाडौं– सेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक आज १५ दशमलव ७९ अङ्कले बढेको हो ।
आज हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ विन्दुमा पुगेको हो ।
आज पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार बराबरको कारोबार भएको छ । गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप