पृथ्वी राजमार्ग अन्तर्गत नौविसे–मलेखु सडकखण्ड राती बन्द गरिने

  • २०८१ अषाढ २५, मंगलबार (२ महिना अघि)
  • १६० पटक पढिएको
पृथ्वी राजमार्ग अन्तर्गत नौविसे–मलेखु सडकखण्ड राती बन्द गरिने

काठमाडौं–पृथ्वी राजमार्ग अन्तर्गत नौविसे–मलेखु सडक खण्ड रातको समय बन्द गरेर निर्माण कार्य गरिने भएको छ । २०८१ असार २६ गते बुधबारदेखि साउन ९ गते बुधबारसम्म हरेक दिन बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको विम राख्ने कार्य गर्न लागिएको हो ।

Advertisement

चार वटा खोलाको पुलहरुमा (गडर लन्चिङ) विम राख्ने कार्य गर्नु पर्ने भएकोले रातको समयमा बन्द गरेर काम गर्न लागिएको नागढुंगा मुग्लिन सडक योजना(पूर्वी खण्ड) का योजना प्रमुख इश्वर बहादुर रिजालले जानकारी दिए । उक्त सडकखण्डमा पर्ने गणेश खोला, डाङडुङ, खेस्टे र पोखरे खोलाको पुलहरुको गडर लन्चिङ कार्य सुरु गर्न लागिएको छ । चार वटामा राख्नु पर्ने र समय लाग्ने भएर राजमाग बन्द गरेर निर्माण कार्य गर्न लागिएको उनले बताए ।

एम्वुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द रहने छ । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरुलाई वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न उनले आग्रह गरे ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट