शुक्रबारसम्म मुख्य र सहायक नदीहरुमा बाढीको जोखिम कायमै

  • २०८१ अषाढ २६, बुधबार (४ महिना अघि)
  • ११६ पटक पढिएको
शुक्रबारसम्म मुख्य र सहायक नदीहरुमा बाढीको जोखिम कायमै

काठमाडौं– कोशी, नारायणी, कर्णाली, महाकाली र यी नदीका प्रमुख सहायक नदीमा पर्सि शुक्रवारसम्म नै पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीमा पनि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।

Advertisement

महाशाखाले यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज कोशीको सहायक नदी तमोरका साथै कमला नदी र भोलि कन्काई नदीले सतर्कता तह पार गर्ने पूर्वानुमान छ । यी नदी तटीय क्षेत्रमा पनि अति उच्च सतर्कता अपनाउन भनिएको छ । भोलि र पर्सि बागमती र यसका प्रमुख सहायक नदीहरू साथै बबई र पश्चिम राप्ती नदीहरुमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

आज मधेस र कोशी प्रदेशका धेरैजसो जिल्ला इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटमा आकस्मिक बाढीको उच्च जोखिम छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट