झुक्किएर मुसा मार्ने विष सेवन गर्दा गुल्मीमा ४ वर्षीय बालिकाको मृत्यु

  • २०८१ अषाढ २८, शुक्रबार (४ महिना अघि)
  • ४२ पटक पढिएको
झुक्किएर मुसा मार्ने विष सेवन गर्दा गुल्मीमा ४ वर्षीय बालिकाको मृत्यु

काठमाडौं– गुल्मीमा झुक्किएर मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा चार वर्षीया बालिकाको मृत्यु भएको छ । अर्की पाँच वर्षीया बालिका गम्भीर छन् ।

Advertisement

इस्मा गाउँपालिका– १ हस्तिचौर निवासी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारले विष सेवन गर्दा मृत्यु भएको हो । त्यस्तै, स्थानीय बसुन्धरा सुनारकी पाँच वर्षीया छोरी दिपशिखा सुनार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार साँझ आमाहरूसँग बारीमा गएका प्रिन्सा र बसुन्धराले खेल्ने क्रममा मुसा मार्न प्रयोग हुने विष फेला पारेपछि सेवन गरेका थिए । उनीहरूलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याइए पनि प्रिन्सालाई बिहीबार बिहान ६ बजेतिर अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट