कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको होः प्रचण्ड

  • २०८१ अषाढ २८, शुक्रबार (४ महिना अघि)
  • १०९ पटक पढिएको
कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको होः प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् ।

Advertisement

प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस–एमाले सहकार्य आफैँ नबनेको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको मर्मत र विधिको शासन सुरु गरेको दाबी गरे । प्रचण्डले कांग्रेस–एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए ।

उनले भने, ‘नेपाली नागरिकले बुझेको छ, खासमा तपाईँहरू (कांग्रेस–एमाले) सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो । प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ शुर गरेँ, लोकतन्त्रको गोडमेल शुरु गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन शुरु गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । कांग्रेस–एमालेका सीमित नेताको दाबी होला, हामी आफैँ मिलेका हौँ भन्ने । त्यो सत्य होइन । तपाईँहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै काँग्रेस–एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डले आफूले अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी पनि गरे ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट