प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

  • २०८१ अषाढ २८, शुक्रबार (४ महिना अघि)
  • ९९ पटक पढिएको
प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।

Advertisement

प्रधानमन्त्रीको प्रस्तावमाथि अहिले दलीय आधारमा सांसदहरूले धारणा राख्ने क्रम चलिरहेको छ । प्रस्तावमा छलफलका लागि सभामुख देवराज घिमिरेले दुई घण्टा समय छुट्याएका छन् ।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो ।

१८ महिनाअघि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यही कार्यकालमा विश्वासको मत माग्नुभएको यो पाँचौँपटक हो । यस पटक उनले विश्वासको मत पाउने सम्भावना छैन । एमाले र कांग्रेसले मिलेर नयाँ सरकार बनाउने सहमति गरिसकेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट