नारायणी नदीमा फेला परेको शव रौटहट जाँदै गरेको गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

  • २०८१ अषाढ २९, शनिबार (१ महिना अघि)
  • २३७ पटक पढिएको
नारायणी नदीमा फेला परेको शव रौटहट जाँदै गरेको गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

काठमाडौं– चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीका अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो ।

Advertisement

नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ ।

काठमाडौंबाट रौतहटको गौरतर्फ जाने क्रममा पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट