सिमलताल दुर्घटना अपडेट: नारायणी नदीमा भेटिएका तीनै जनाको सनाखत

  • २०८१ अषाढ ३०, आईतबार (१ महिना अघि)
  • १०३ पटक पढिएको
सिमलताल दुर्घटना अपडेट: नारायणी नदीमा भेटिएका तीनै जनाको सनाखत

काठमाडौं- चितवन र नवलपुर स्थित नारायणी नदी किनारमा भेटिएका तीन वटा शव सिमलताल बस दुर्घटनामा परेर हराएका यात्रुको भएको पुष्टि भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट–७ गैरीस्थित नारायणी नदी किनारमा भेटिएको उक्त शव चितवनको माडी नगरपालिका–१ बस्ने २२ वर्षिय विकाश परियारको रहेको पुष्टि भएको छ । त्यस्तै, भरतपुर– २८, गोलाघाटस्थित नारायणी नदी किनारमा भेटिएको शव गणपति डिलक्सका यात्रु भारतीय नागरिक २८ वर्षीय ऋषि पल साह र गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदी किनारमा शनिबार दिउँसो दुई पुरुषको शव भेटिएकोमा एउटा गणपति डिलक्सकै यात्रु ११ वर्षीय रमित माझीको रहेको हिजो पुष्टि भएको थियो ।

नवलपुर र पश्चिम नवलपरासी नारायणी नदी किनार आसपास प्रहरीले दुर्घटनामा परेका यात्रुहरूको खोजी गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट