‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’द्धारा धादिङकी साहित्यकार सृजना अर्याल सम्मानित

  • २०८१ अषाढ ३०, आईतबार (१ महिना अघि)
  • २३३ पटक पढिएको
‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’द्धारा धादिङकी साहित्यकार सृजना अर्याल सम्मानित

काठमाडौं– धादिङकी साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित भएकी छिन् । गीत संगीत तथा साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे उनलाई सम्मान गरिएको हो ।

Advertisement

नेपाली गीत संगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा सृजनालाई सम्मान गरिएको हो । यसअघि सृजना अर्यालले लेखेको राष्ट्रिय गीतलाई उत्कृष्ट घोषणा गरि नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ को उत्कृष्ठ गीतको रुपमा पुरस्कृत गरेको थियो ।

सृजनासँगै संगीतको २४ विधा र फिल्मको ७ विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा प्रतिष्ठित गीतकार बीबी थापालाइ नगद २५ हजार ५५५ सहित दिर्घ साधना सम्मान प्रदान गरिएको छ । त्यस्तै गीता अधिकारीलाई नगद ५ हजार एक सय सहित पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । कलाकार पवन प्रसाद खतिवडालाई राष्ट्रिय कलाकारिताबाट सम्मान गरिएको छ । साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई कार्यक्रममा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममो सम्बोधन गर्दै नेकपा एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले गीत संगीत तथा साहित्यको क्षेत्रले मनोसञ्जन मात्र नभएर देशको अवस्था र व्यवस्था परिवर्तनमा पनि ठूलो भूमिका खेलेको बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट