पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते

  • २०८१ अषाढ ३०, आईतबार (१ महिना अघि)
  • ६० पटक पढिएको
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते

एजेन्सी– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

गोली चल्दा ¥यालीमा सहभागी एक जनाको ज्यान गएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुनै पनि हिंसात्मक घटनालाई ठाउँ नदिइने बताएका छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट