रुपन्देही– श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरी ५ वर्षको छोरा लिएर फरार भएका छन् ।
भूमे गाउँपालिका– ६ तमारीका २७ वर्षीय दामे भनिने जीवन ओलीले आफ्नै २५ वर्षकी श्रीमती अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डिएसपी माधव खरेलले जानकारी दिए ।
खरेलका अनुसार बुवाआमासँग झगडा गरेका ती दम्पती सानो छोरासहित अलग्गै बसेका थिए ।
ओलीले शुक्रवार राति श्रीमतीको घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको खरेलले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप