एमाले र कांग्रेसले मन्त्रीहरुको नाम लगायो टुंगो

  • २०८१ अषाढ ३१, सोमबार (४ महिना अघि)
  • १०६ पटक पढिएको
एमाले र कांग्रेसले मन्त्रीहरुको नाम लगायो टुंगो

काठमाडौं – नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री, पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्दैछन् । राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने एमालेले जनाएको छ ।

Advertisement

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहो¥याउने एमालेको तयारी छ । यसअघि उनीहरू पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारमा पनि यही जिम्मेवारीमा थिए । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने एमालेको तयारी छ ।

कांग्रेसले पनि सरकारमा पठाउने केही मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । यस्तै रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्ने भएकी छन् ।

दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वन तथा तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ । कांग्रेसमा शेखर कोइराला समूहले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे, रामनाथ अधिकारी कृषिमन्त्री र प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट