आयोजक ‘ए’ ले जित्यो धादिङ जिल्ला स्तरीय पुरुष कबड्डीको उपाधि

  • २०८१ अषाढ ३१, सोमबार (१ महिना अघि)
  • १३८ पटक पढिएको
आयोजक ‘ए’ ले जित्यो धादिङ जिल्ला स्तरीय पुरुष कबड्डीको उपाधि

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं– धादिङ जिल्ला स्तरीय पुरुष कबड्डी कप २०८१ को उपाधि आयोजक ‘ए‘ ले हात पारेको छ । आयोजक ‘ए‘ ले ‘बि‘ लाई ५७—१९ अंकले पछि पार्दै उपाधि हात पारेको हो ।

Advertisement

उक्त प्रतियोगितामा आयोजक ‘बि‘ द्धितिय र थाक्रे तृतिय भएका छन् । साथै थाक्रेका बिपिन तामाङ उत्कृष्ट खेलाडी, टाईटन्स ‘ए‘ का प्रमोद श्रेष्ठ उत्कृष्ट रेडर, टाईटन्स ‘ए‘ का जीवन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, टाईटन्स ‘ए‘ का विशाल सापकोटा सबै तर्फ उत्कृष्ट र टाईटन्स ‘बि‘ का नविन गुरुङ उदयमान खेलाडीको रुपमा घोषित भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार नगदसहित पुरस्कार प्राप्त गरेका छन् । क्लवको पहिलो स्थापना दिवसको कबड्डी खेलबाट धादिङ जिल्लालाई अन्तराष्ट्रिय जगतमा पु¥याउने उदेश्यले क्लवको स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको टाइटन्स क्लवका अध्यक्ष काजी श्रेष्ठले बताए ।

असार २९ गतेबाट सुरु भएको धादिङ जिल्ला स्तरीय पुरुष कबड्डी कप २०८१ सुपर लिगमा ६ समुहको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट