सिमलताल पहिरो: त्रिशूलीमा बेपत्ता दुई बसका यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव फेला

  • २०८१ श्रावण १, मंगलबार (४ महिना अघि)
  • १३५ पटक पढिएको
सिमलताल पहिरो: त्रिशूलीमा बेपत्ता दुई बसका यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव फेला

काठमाडौं– शुक्रवार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ । विभिन्न ठाउँमा भेटिएका १५ मध्ये आठ वटा शवको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य सात वटा शवको पहिचान गर्ने काम भइरहेको छ ।

Advertisement

गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्स र काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएका थिए ।

ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । तीमध्ये अझै ४७ जना यात्रु र दुई बस बेपत्ता नै छन् ।

अन्य यात्रु र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट