वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

  • २०८१ श्रावण १, मंगलबार (१ महिना अघि)
  • ५८ पटक पढिएको
वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।

Advertisement

ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।

गत चैत २० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् ।

त्यसबेला उनी कामका दौरान विदेशमा थिए । विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । गायक ओडले जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

ओड नेपाल आइडल सिजन २ का विजेता हुन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट