नेप्से २६ महिनायताकै उच्च विन्दुमा

  • २०८१ श्रावण १, मंगलबार (४ महिना अघि)
  • ११४ पटक पढिएको
नेप्से २६ महिनायताकै उच्च विन्दुमा

काठमाडौं– आज नेप्से परिसूचक ७०.१८ अंकले बढेको छ । नेप्से ३.१३ प्रतिशतले बढेर २३१०.५९ विन्दुमा बन्द भएको छ ।

Advertisement

नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ वैशाख २९ गते २३५० विन्दुमा नेप्से पुगेको थियो ।

मंगलबार कारोबार रकम गत छ महिनायताकै उच्च रहेको छ । आज नौ अर्ब १३ करोड ८६ लाख २९ हजार रूपैयाँको सेयर कारोबार भएको छ । यसअघि गत माघ ३ गते नौ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो ।

मंगलबार २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटाको घटेको छ । आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट