कुकुर मारेको निहुँमा छोराद्वारा बाबुको हत्या

  • २०८१ श्रावण २, बुधबार (४ महिना अघि)
  • १०१ पटक पढिएको
कुकुर मारेको निहुँमा छोराद्वारा बाबुको हत्या

काठमाडौं– नवलपरासी पूर्वमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन् ।

Advertisement

आज बिहान सवा ११ बजे कावासोती नगरपालिका–५ ठकुरीचोकमा बुबा–छोराबीच भएको झगडामा छोराले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो । प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो ।

सोही विषयमा झगडा हुँदा निराजनले बाबुमाथि ढुंगा प्रहार गरेको डिएसपी पौडेलले बताए । उनका अनुसार ढुंगा टाउकोमा लाग्दा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट