धादिङमा बेवारिसे माेटरसाईकलकाे लिलामी

  • २०८१ श्रावण २, बुधबार (१ महिना अघि)
  • १९० पटक पढिएको
धादिङमा बेवारिसे माेटरसाईकलकाे लिलामी

काठमाडौं- जिल्ला प्रहरी कार्यालय धादिङमा रहेको बेवारिसे माेटरसाईकलकाे लिलामी गरेकाे छ । नेपाल प्रहरीले जिल्लामा पहिलाे पटक बेवारिसे माेटरसाईकलकाे लिलामी गरेकाे हो ।

Advertisement

नेपाल प्रहरीले विभिन्न चेकजाँचकाे क्रममा तथा अन्य अवस्थामा बेवारिसे अवस्थामा फेला पारेकाे १ सय ९० माेटरसाईकल र स्कुटर लिलामी गरेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । विभिन्न ५ ओटा सप्लायर्सले टेण्डर हालेकाेमा समित एक्सपा सेन्टरले लिलामीमा पत्रु माेटरसाईकल टेण्डर पारेकाे हाे ।

नेपाल प्रहरीको हेडअफिसकाे स्विकृतिमा भ्याट बाहेक ७ लाख ९१ हजारमा लिलामी गरिएकाे केसीले बताए । लिलामी गरिएकाे बुधबार माेटरसाईकल र स्कुटर पत्रु बनाएर सप्लायर्सले लगेको हो । मुद्दामा रहेकाे माेटरसाईकल तथा स्कुटर र अन्य सवारी साधन भने लिलामी गरिएकाे छैन ।
लिलामीमा लगिएको माेटरसाईकल र स्कुटर पुरानाे नम्बरमा प्रयोग गर्न पाइने छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट