काठमाडौं– आज कोशी, मधेस, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाकाअनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ र यस्तोबेला देशभर एकैपठक ठूलो पानी पर्ने सम्भावना कम हुन्छ ।
रातिदेखि गण्डकी प्रदेशका केही र कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै झापाको शनिश्चरेमा एकसय मिलिमिटर पानी परेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप