अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

  • २०८१ श्रावण ३, बिहिबार (१ महिना अघि)
  • ५७ पटक पढिएको
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ । राष्ट्रपति बाइडेनलाई कोरोनाको लक्षणसमेत देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले जानकारी दिए ।

Advertisement

उनका अनुसार बाइडेनलाई अब आफ्नै निवासमा कोठाभित्र आइसोलेसनमा राखिने छ । राष्ट्रपति बाइडेनले कोरोनाको खोप प्याक्सलोभिडको पहिलो डोज लिइसकेको बीबीसीले जनाएको छ ।

अमेरिकामा चुनावी गतिविधि चर्कीरहेको बेला बाइडेन कोरोना सङ्क्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ । ८१ वर्षीय बाइडेनमाथि उम्मेदवार नबन्न चर्को दबाव छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट