चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको ज्यान गयो

  • २०८१ श्रावण ३, बिहिबार (४ महिना अघि)
  • १२२ पटक पढिएको
चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको ज्यान गयो

काठमाडौं– चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।

मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । उनी साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट