त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव फेला

  • २०८१ श्रावण ३, बिहिबार (४ महिना अघि)
  • १०५ पटक पढिएको
त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव फेला

काठमाडौं– सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो ।

Advertisement

शवको सनाखत हुन बाँकी छ । शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ । योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ । जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन् ।

गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो । ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो । नदीमा हराएका अझै ४२ यात्रुको अवस्था अज्ञात छ ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाका विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरे पनि घटना भएको ७ दिनसम्म पनि बस फेला पार्न सकेका छैनन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट