बंगलादेशमा मोबाइल इन्टरनेट सेवा बन्द

  • २०८१ श्रावण ३, बिहिबार (३ महिना अघि)
  • १०३ पटक पढिएको
बंगलादेशमा मोबाइल इन्टरनेट सेवा बन्द

काठमाडौं– बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भइरहेको आन्दोलनमा परी ६ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

Advertisement

आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै सरकारले मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको छ ।

बंगलादेशका सहायक सूचना प्रविधिमन्त्री जुनैद अहमद पालकले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन र आन्दोलनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै अस्थाइ रूपमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको प्रतिक्रिया दिएका छन् ।

अहिलेको अवस्था सामान्य भएपछि मोबाइल इन्टरनेट सेवा पुनः सुरु हुने उनले बताएका छन् । बंगलादेशको सरकारी निकायमा विभिन्न क्षेत्र, समुदाय तथा वर्गलाई करिब ५० प्रतिशत आरक्षण तथा कोटा राखिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट