आगामी तीन दिन यी नदीमा बाढीको जोखिम उच्च

  • २०८१ श्रावण ४, शुक्रबार (४ महिना अघि)
  • १३२ पटक पढिएको
आगामी तीन दिन यी नदीमा बाढीको जोखिम उच्च

|File photo

काठमाडौं– देशका विभिन्न क्षेत्रमा चारी वर्षाको सम्भावना रहेकोले खोला तथा नदीहरूमा बाडीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने महाशाखाको भनाइ छ ।

यता मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट