बाग्लुङ– गएको असार २१ गतेदेखि अवरुद्ध भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ ।
ठूलो वर्षाका कारण बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याबिनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बाग्लुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने गाडी बाटोमै रोकिएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप