भारतको चम्पारणमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव

  • २०८१ श्रावण ४, शुक्रबार (४ महिना अघि)
  • १४० पटक पढिएको
भारतको चम्पारणमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव

काठमाडौं– सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ ।

Advertisement

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेर नेपाललाई बुझाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो ।

शवको पहिचान भने भइसकेको छैन ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट