बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो

  • २०८१ श्रावण ४, शुक्रबार (४ महिना अघि)
  • १२५ पटक पढिएको
बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो

एजेन्सी– बङ्गलादेशमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या २५ जना पुगेको छ । प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका र देशभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ । आरक्षण विरोधी प्रदर्शन चर्किँदै गएपछि सरकारले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेको छ ।

Advertisement

यसैबीच प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि प्रदर्शन झन् हिंसात्मक बनेको खबरमा उल्लेख छ । प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा प्रदर्शनकारीहरूलाई धैर्य रहन आग्रह गर्दै अदालतको माध्यमबाट न्याय मिल्ने बताएको थियो । प्रदर्शनकारीहरूले भने प्रधानमन्त्रीले आश्वासन मात्रै दिएको र सरकारको तर्फबाट आफ्नो सपाइ पेश गरेको भन्दै देशव्यापी बन्दको आह्वान गरेका छन् ।

विरोध बढ्दै गएपछि सरकारले यसअघि देशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालय अर्काे सूचना नभएसम्मका लागि बन्द गरेको छ । प्रदर्शनकारीहरूले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट