कलंकको टिका लाग्ने काम गर्दिन– कृषि मन्त्री अधिकारी

  • २०८१ श्रावण ४, शुक्रबार (१ महिना अघि)
  • २३२ पटक पढिएको
कलंकको टिका लाग्ने काम गर्दिन– कृषि मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले कलंकको टीका नलगाई मन्त्री पदबाट बाहिरिने बताएका छन् । मन्त्री पदमा रहुन्जेल मन्त्रालयले दिएको जिम्मेवारी सुशासनमा रहि कुशलतापूर्वक र किसानको हितमा काम गर्ने बताएका हुन् ।

Advertisement

‘सक्दा राम्रो गर्ने हो, तर नसक्दा मन्त्री पदबाट बाहिरिदा कलंकको टिका नलगाई बाहिनेछु’ उनले भने– ‘सकेसम्म किसानको हितमा शिर उच्च बनाउने राम्रो काम गर्नेछु । तर गलत काम गर्दिन । तपाईहरु विश्वास गर्नुस्, कलंकको टीका नलगाई मन्त्री पदबाट बाहिरिनेछु । नागरिक समाजसँग टाढा छैन । फेरि यहि उपस्थित हुन्छु ।’

त्यस्तै, कृषि क्षेत्रमा चुनौतीको चाङ रहेको उनले बताए । ‘मल, बीउ विजन अभाव छ । विषादीको अत्यधिक प्रयोग भइ रहेका छन् । रैथाने बाली उत्पादन हुन्न, विकासे चिज प्रयोग गरौं भने जताततै बदमासी मात्रै छ । यस्ता थुप्रै समस्याहरु छन्’ उनले भने– ‘कृषि क्षेत्रमा म विज्ञ त होइन । तर विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर म चाँडै भन्दा चाँडै एउटा संकल्प तयार गर्दैछु । किसानको हित हुने गरी कमजोरी नगरी प्राप्त जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेर हेर्न लायक केही न केही परिवर्तन हुने काम गर्छु ।’

 

मल आजभोलि देखिनै जनताको सहज पहुँच हुने वातावरण बनाउन मन्त्रालयमा निर्देशन दिइसकेको उनले बताए । दश किलो मल लिनको लागि नागरिकता लैजानु पर्ने बाध्यता तत्कालै हटाउन निर्देशन दिइसकेकोले अब मल सहज बन्ने उनको भनाई छ ।

गृह जिल्ला धादिङ आइपुगेका नव नियुक्त मन्त्री अधिकारीलाई नागरिक समाज संस्थाहरूले सम्मान गरेको छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेको अवसरमा सम्मान पत्रसहित दोसल्ला ओडाएर बधाई तथा शुभकामना दिएका हुन् । मन्त्री बनेको अवसरमा नागरिक समाज संस्थाहरूले अधिकारीलाई सम्मान पत्रसहित दोसल्ला ओडाएर बधाई तथा शुभकामना दिएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङ, नेपाल रेडक्रस सोसाईटी धादिङ, धादिङ उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ धादिङ र गैर सरकारी संस्था महासंघ, नेपाल निजामती कर्मचारी संगठन लगायतले सम्मान गरेको हो । गृह जिल्ला धादिङ आइपुगेका मन्त्री अधिकारीसँग सोहि अवसरमा नेपाल प्रेस युनियन धादिङले पत्रकार सम्मेलन गरेको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट