काठमाडौं– सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा बङ्गलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी स्वदेश फर्किन थालेका छन् ।
यसै क्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरू बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत ठाउँबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।
यसैबीच बङ्गलादेशबाट आज झण्डै आठ सय जना विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीहरूका लागि सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकामा रहेको नेपाली दूतावासका अधिकारीहरूलाई नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप