नेप्से ६१.६१ अंकले बढेर २४ सय ८५ विन्दुमा पुग्यो

  • २०८१ श्रावण ६, आईतबार (१ महिना अघि)
  • ७१ पटक पढिएको
नेप्से ६१.६१ अंकले बढेर २४ सय ८५ विन्दुमा पुग्यो

काठमाडौं– आज नेप्से परिसूचक ६१.६१ अंकले बढेको छ । नेप्से २.५४ प्रतिशतले बढेर २४८५.९४ विन्दुमा बन्द भएको छ ।

Advertisement

आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएकोमा आज १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रूपैयाँको कारोबार भएको छ ।

आज ३१५ वटा धितोपत्रको चार करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच भएको हो । आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटाको घटेको छ । आज पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट