राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने बाइडेनको घोषणा

  • २०८१ श्रावण ७, सोमबार (१ महिना अघि)
  • ६५ पटक पढिएको
राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने बाइडेनको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । राष्ट्र र पार्टी हितको लागि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताउँदै बाइडेनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रूपमा कमला ह्यारिसको नाम सिफारिस गरेको बीबीसीले जनाएको छ ।

Advertisement

आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइडेनले आफ्नो सामाजिक सञ्जाल एक्समा उल्लेख गरेमा छन् । बाइडनले सामाजिक सञ्जालमा लेख्दै आफू राष्ट्रपति पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्न चाहे पनि देश र पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएर पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारीमा लगाउने बताएका छन् ।

अमेरिकामा चार महिनापछि राष्ट्रपति पदको चुनाव हुँदैछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट