काठमाडौं– कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेर मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई उक्त पत्र बुझाउने छन् ।
कर्णालीमा माओवादीको तर्फबाट अर्थ मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप