काठमाडौं– पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रायकै घरमा काम गर्ने १ जना कामदारलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहले बताएका छन् ।
प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ ।
सर्लाही निवासी राज्यमन्त्री रायको गए राति चन्द्रनगरस्थित आफ्नै निवासमा हत्या भएको थियो ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप