क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

  • २०८१ श्रावण ७, सोमबार (३ महिना अघि)
  • ११४ पटक पढिएको
क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका–३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१२ पचली भैरवबाट पक्राउ गरेको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट