काठमाडौं– दाङको लमहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका –१ नर्तीमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी स्थानीय १० वर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको हो । स्वस्तिका आफ्नो घरबाट छिमेकीको घरमा जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार आइतबार बेलुका करिब पौने आठ बजेतिर बाटो काट्दै गरेकी स्वस्तिमालाई लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते तुल्याएको थियो । मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थियो ।
गम्भीर घाइते बालिकालाई उद्धार गरी लमही अस्पतालमा उपचारका लागि लगिएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको भुसालले बताए ।
ठक्कर दिने मोटरसाइकल चालक गढवा गाउँपालिका– २ महादेवाका २९ वर्षीय अपिल शर्मा पनि घाइते छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप