सेयर बजार सामान्य बढ्यो, झन्डै १४ अर्ब रुपैयाँको कारोबार

  • २०८१ श्रावण ७, सोमबार (१ महिना अघि)
  • ७२ पटक पढिएको
सेयर बजार सामान्य बढ्यो, झन्डै १४ अर्ब रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको सेयर बजार परिसूचक नेप्से दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

Advertisement

आज बैंकिङ, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको सेयर बढेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको सेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज तीन सय नौ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता सेयर १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट