एसिया कपमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

  • २०८१ श्रावण ८, मंगलबार (२ महिना अघि)
  • ८७ पटक पढिएको
एसिया कपमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं– एसीसी वुमन्स एसिया कप–२०२४ अन्तर्गत आज नेपालले उपाधि दाबेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

नेपालको समूह चरणअन्तर्गत यो अन्तिम खेल हो । यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

सेमिफाइनलमा पुग्नको लागि आज नेपालले जित्नै पर्ने हुन्छ । आज नै पाकिस्तानले पनि यूएईसँग समूह चरणको अन्तिम खेल खेल्दैछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

पाकिस्तानले यूएईलाई पराजित गरेमा नेपालले भारतलाई हराउनै पर्ने हुन्छ । पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भए पनि पाकिस्तानसँग रनरेटको हिसाब हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट