भारतको केरलामा निपाह भाइरसका कारण एक बालकको मृत्यु

  • २०८१ श्रावण ८, मंगलबार (१ महिना अघि)
  • ६६ पटक पढिएको
भारतको केरलामा निपाह भाइरसका कारण एक बालकको मृत्यु

एजेन्सी– भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ ’हाई अलर्ट’ जारी गरेका हुन् ।

Advertisement

स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको बीबीसीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ६० जनामा भाइरसको जोखिम उच्च देखिएको छ । केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले मृतक बालकको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको जानकारी दिइन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले निपाह भाइरस सङ्क्रमण सुँगुर र चमेराजस्ता जनावरबाट मानिसमा सर्ने ’जुनोटिक रोग’ भएको जनाएको छ । डब्ल्यूएचओले यो रोगले महामारी हुनसक्ने भन्दै उच्च सतर्कताका लागि सबैलाई अनुरोध गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट